काठमाण्डौ । आज बजार दिनभर सामन्यउतार चढावमा रह्यो । इन्ट्रा डेमा ५ अंकले बढेको बजार बन्द हुँदा ५ अंकले नै घटेर बन्द भयो । इन्ट्रा डे मा नै बजार करिब १८५७ सम्म आएको थियो भने बजार बढ्दा १८८० सम्म पुगेको थियो ।

प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकमार्फत हेर्दा स्पिनिङ टप क्याण्डल बनेको छ । यो भनेको अन्यौलको संकेत हो । 

म्याक्डीमार्फत बजारलाई हेर्दा आज बियरिस क्रसओभर बनेको छ र हिस्टोग्राम पनि नेगेटिभ बनेको छ  । अघिल्लो महिना २९ मार्चमा बुलिस क्रसओभर बनेको थियो भने हिस्टोग्राम सकारात्मक बनेको थियो । 

यसैगरी, आरएसआई थर्टीको ओभरसोल्ड जोनमा रहेको छ । यस्तो विन्दु अघिल्लोपटक बजार घट्दा ट्वान्टीसम्म आएको थियो । समग्रमा तीनवटै इण्डीकेटरबाट बजारलाई हेर्दा केही बिक्री–दवाब रहेको देखिन्छ ।

भोल्युमबाट बजारलाई हेर्दा आज पनि एक अर्ब तल भएको छ । यो भनेको भोल्युम ड्राइअप हुँदै गएको हो । यसको अर्थ किन्नेहरु पनि सक्रिय नभएको र बेच्नेहरु पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ । तर आज बजार १८५० भन्दा माथिको सपोर्टबाट फर्केको कारण बजार केही सम्हालिन खोजेको देखिन्छ । 

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो कुनै कारोबारको सिफारिस भने होइन ।)