काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएका छन्।

कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता सेयरबराबर १ कित्ता सेयर) का दरले साबिकका सेयरधनीलाई जारी गर्न लागेको १०० रुपैयाँ अंकित दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धकका लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको हो। 

नागरिक लगानी कोष र अपर तामाकोशीबीच हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नका लागि आज मंसिर २६ गते दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

नागरिक लगानी कोषले आफू मुख्य निष्काशन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटललाई सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।