काठमाण्डौ । दुई अलग-अलग कम्पनीको हकप्रद सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ ।

नेप्सेमा अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर र मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

ती कम्पनीको हकप्रद सेयर सूचीकृत भएकोले डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्ने छन् ।