काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस  सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको छ । 

अपी पावरले प्रस्ताव गरेको बोनस सेय र र नगद लाभांशको बिषयलाई आगामी वार्षिक साधारणसभामा प्रस्तुत गरिने र त्यसले पास गरेपछि सम्बन्धित सेयरधनीले पाउनेछन् । 

अपीको वार्षिक साधारणसभा आगामी भदौ १८ गतेलाई तोकिएको छ । साधारणसभालाई लक्षित गर्दै भदौ १ देखि १८ गतेसम्म अपीको बुक क्लोजर मिति समेत तोकिएको छ । बुक क्लोजर हुनुभन्दा ठीक एक दिनअघि अर्थात साउन ३२ गतेभित्र आफ्नो नाममा अपी पावरको सेयर नामसारी गरेका वा खरीद गरेकाहरुले बोनस सेयर पाउन योग्य हुनेछन् । 

अपी पावरले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा १ करोड ५३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड पुग्नेछ ।