 
                     
                                
                             
                                    काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश वितरण गर्न अनुमति पाएको छ।
कम्पनीले विद्युत नियमन आयोगबाट प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गर्न अनुमति पाएको हो।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ७.८९ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन्।
विद्युत नियमन आयोगबाट स्वीकृति पाएसँगै अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19