काठमाण्डौ । आइफोन निर्माता कम्पनी एप्पलले कोरोनाभाइरसका कारण चीनबाहेक अन्य मुलुकहरुमा रहेका आफ्ना सबै स्टोर बन्द गर्ने निर्णय गरेको छ।
एप्पल इंकका सीईओ टिम कुुकका अनुुसार सबै स्टोर मार्च २७ तारिखसम्मका लागि बन्द हुुनेछन्। उनले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर आउँदो जुुनमा हुुने भनिएको डेभलपर्सको सम्मेलन पनि स्थगित गरिएको जानकारी दिए।
कुुकले चीनमा कोरोनाको महामारी नियन्त्रणमा आएकोले चीनका सबै एप्पल स्टोरहरु पुुनः सुुचारु गरिने बताए। कोरोनाले महामारी रुप लिएपछि एप्पलले चीनका सबै स्टोर बन्द गर्ने निर्णय गरेको थियो।
अहिले चीनमा रहेका सबै स्टोर पुुनः खोल्ने निर्णयबाट के अनुुमान लगाउन सकिन्छ भने एप्पलको आपूर्ति व्यवस्थामा सुुधार आउँदैछ। एप्पलका फोन उत्पादन मुुख्य गरी चीनको कारखानामा निर्भर छ।
होनान प्रान्तमा रहेको फोक्सन कारखानाको मात्रै करिब ४० प्रतिशत उत्पादन क्षमता रहेको छ। होनान प्रान्तको स्थानीय सरकारका अनुुसार ६ मार्चसम्म फोक्सन कारखानाका १ लाख ८० हजार मजदुुर काममा फिर्ता भइसकेका छन्। अहिले त्यहाँको उत्पालन क्षमता ८० प्रतिशत भन्दा माथि पुुगिसकेको छ।
यसै क्रममा एप्पलले आफ्नो नयाँ म्याकबुुक एअर पनि लन्च गरेको छ। नयाँ म्याक बुुक एअरमा म्याजिकको किबोर्ड सपोट पनि दिइएको छ। यसको मूल्य १ लाख ४८ हजार ६ सय ४० रुपैया तोकिएको छ। कम्पनीले नयाँ एअर म्याकबुुकमा दुुईगुुणा सीपीयू परफममेन्स तथा ८० प्रतिशत तीव्र ग्राफिक्स पाइने जनाएको छ।
नयाँ म्याकबुुकमा २५६ जीबी स्टोरज रहेको छ। यसका साथै यसमा १३ इन्चको रेटिना डिस्प्ले र लग इनका लागि टच डिस्प्ले पनि दिइएको छ। जसले अनलाइन सपिङ गर्दा पनि काम गर्ने छ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago