काठमाण्डौ । यो साता नेप्सेले गत डिसेम्बर २ तारिखको २०७१ को विन्दूलाई ब्रेक गरी अलटाइम हाईको उचाई चुमेको छ।
पछिल्लो समय नेप्से २००० देखि २१०० विन्दूका बीच नै घुमिरहेको देखिन्छ ।
सूचकमा उल्लेख्य सुधार नभएकाले कारोबार रकमसमेत आधा नै घटेको देखिन्छ भने कारोबार संख्यामा समेत गिरावटको क्रम जारी छ।
दुई हजारदेखि २१०० विन्दूका बीच नेप्सेको मिटर घुमिरहँदा अब बजार कता जाला भन्ने आम लगानीकर्ताको चासो र चिन्ताको विषय बनेको छ ।
लगानीकर्ताहरुमा भएको यही चासो र चिन्तालाई सम्बोधन गर्न सेयर बजारका चर्चित प्राविधिक विश्लेषक बिष्णु बस्यालले आफ्नो पछिल्लो प्रक्षेपण सार्वजनिक गर्दै अब छिट्टै नेप्से २४०० देखि २५०० को विन्दू पुग्ने दाबी गरेका छन् ।
बस्यालले हालसम्मकै सर्वाधिक इण्ट्रा डे हाई २१२८ विन्दू ब्रेक भएको खण्डमा नेप्से २४०० देखि २५०० विन्दूसम्म पुग्नसक्ने प्रक्षेपण गरे ।
अब नेप्सेलाई बैंकिङ समूहले लिड गर्ने बस्यालको भनाइ छ । एभरेष्ट बैंक अझै माथि जान सकेको खण्डमा अन्य बैंकले पनि फलो गर्ने जिकिर गरेका बस्याल माइक्रो र निर्जीवन बीमामा उछाल आउने अनुमान समेत गर्छन ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19