काठमाण्डौ । गेटवे पेमेन्ट सर्भिसले अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) संचालन गर्न भारतको एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।
यो सम्झौतापछि अब भारतका विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गूगलपे, फोनपे आदि)मार्फत नेपालस्थित कुनै पनि बैंक खाता वा वालेटमा तुरुन्तै रकमान्तर गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
यो सुविधा उपलब्ध हुन थालेपछि भारतका विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट नेपालका कुनै पनि बैंकको खाता र वालेटमा सिधैं पैसा पठाउन पाइनेछ । यो व्यवस्थाले भारतमा श्रम गरी स्वदेश फर्किने नेपाली श्रमिकहरु बढी लाभान्वित हुनेछन् । उनीहरुले अहिलेको जस्तो नगद नै बोक्नुपर्ने झञ्झट हुनेछैन ।
यस्तै, कुनै नेपाली भारत जाँदा वा कुनै भारतीय नागरिक नेपाल आउँदा नगद नै बोक्नुपर्ने बाध्यता समेत हट्नेछ । भारतीय वा नेपालीले भारत वा नेपाल आउँदा जाँदा क्यूआर कोड स्क्यान गरेर सहजै भुक्तानी गर्न सक्नेछन् ।
प्रारम्भिक चरणमा आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसीआईले भारतमा संचालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरु गर्दै जाने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तो व्यवस्था कार्यान्वयनका लागि भएको सम्झौतामा इन्टरफेस नेपालकोतर्फबाट अध्यक्ष कमलनाथ प्रधान, भारतीय रिजर्भ बैंकद्वारा प्रबर्द्धित एनपीसीआई इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा भारतीय फिनटेक कम्पनी मनम इन्फोटेकका निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन्।
यो सेवालाई राष्ट्र बैंकले समेत स्वीकृति प्रदान गरिसकेको कम्पनीको भनाई छ ।
अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रबिधिमा आधारित भुक्तानीको सन्जाल(यूपीआई), भारतमा एनपीसिआईद्वारा सन्चालनमा रहेको र त्यसले भारतको बिद्युतिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोमा उक्त प्रबिधिमा आधारित यूपीआई नेपालले बिद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठूलो टेवा पुर्याउने विश्वास कम्पनीले विज्ञप्तिमा व्यक्त गरेको छ ।
नेपाल सरकारको डिजिटल कारोबार कार्यान्वयन गर्ने नीति अङ्गिकार गरी कम्पनीले अन्तरराष्ट्रिय कारोबार(क्रस बोर्डर)सहितको यूपीआई नेपाल प्रणाली सञ्चालन गर्न लागेको समेत जनाइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19