काठमाण्डौ । ह्वाट्सएप प्रयोगकर्ताका लागि एउटा नराम्रो खबर छ। यदि तपाइँ आफ्नो आइफोनमा पुरानो आईओएस भर्जन प्रयोग गर्नुहुन्छ भने ब ह्वाट्सएपले काम गर्ने छैन। 

कम्पनीले नयाँ सपोर्ट अपडेटको घोषणा गरेको छ। योसँगै पुराना आईओएस भर्जनहरुमा यसको अपडेट यस वर्षको अन्त्यसम्ममा समाप्त हुनेछ।

ह्वाट्सएपले आईओएस १० र आईओएस ११ मा सपोर्ट बन्द गर्ने जनाएको छ। यसलाई निरन्तर प्रयोग गर्न प्रयोगकर्ताले ओएस अपडेट गर्नुपर्नेछ। 

डब्ल्यूएबेटाइन्फोको एक रिपोर्ट अनुसार ह्वाट्सएपले आईओएस १० र आईओएस ११ प्रयोगकर्तालाई पनि यसबारे चेतावनी दिइरहेको छ। रिपोर्टमा भनिएको छ कि ह्वाट्सएप अक्टोबर २४ पछि यी आईओएसमा काम गर्दैन। चेतावनी पत्रमा भनिएको छ, ‘प्रयोगकर्ताले सेटिङमा गएर फेरि जनरल सेटिङमा सफ्टवेयर अपडेटमा क्लिक गरेर लेटेस्ट आईओएस भर्जनमा अपडेट गर्नुपर्नेछ।’

यद्यपि धेरैजसो आइफोनले अब आईओएस १० र आईओएस ११ मा काम गर्दैन। आईफोन लाइनअपमा केवल आइफोन ५ र आइफोन ५सी यी अपरेटिङ भर्जनहरुमा काम गर्दछ। 

यदि तपाइँ पनि यो पुरानो उपकरण प्रयोग गर्नुहुन्छ भने तपाइँ अक्टोबर २४ पछि ह्वाट्सएप प्रयोग गर्न सक्षम हुनुहुने छैन।

हाल ह्वाट्सएपले आइफोन ५एस वा आइफोन ६ प्रयोग गर्ने प्रयोगकर्ताका लागि काम गर्न जारी राख्नेछ। जब यी डिभाइसमा सपोर्ट बन्द गरिनेछ तब यसबारेमा कम्पनीले जानकारी गराउनेछ। कम्पनीले आफ्नो हेल्प सेन्टर पेजमा ह्वाट्सएप प्रयोग गर्नका लागि आईफोनले आईओएस १२ वा सोभन्दा माथिको भर्जनमा काम गर्न आवश्यक रहेको उल्लेख गरेको छ। एन्ड्रोइड प्रयोगकर्ताका लागि यो संस्करण एन्ड्रोइड ४.१ वा त्योभन्दा माथिको हुनुपर्नेछ। –एजेन्सी