काठमाण्डौ । सरकारले सहुलियत कर्जा प्रवाहमा बंैकहरुको शाखालाई समेत कडाई गरेको छ । 

बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । 

उनका अनुसार वाणिज्य बैंकका प्रत्येक शाखाबाट कम्तीमा १० जनाले सहुलियत कर्जा पाउनुपर्नेछ । यस्तै, विकास बैंकले पनि कम्तीमा ५ जनालाई सहुलियत कर्जा दिनुपर्नेछ । 

यसअघि सहुलियत कर्जा दिनुपर्ने व्यवस्था भए पनि यसको कार्यान्वयन फितलो थियो । 

राष्ट्रिय वाणिज्य बैंक लगायतका केही वाणिज्य बैंकहरुले मात्र यसको सन्तोषजनक कार्यान्वयन गरेका थिए । 

सरकारले सहुलियत कर्जा प्रवाहलाई विशेष प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्न खोजेको डा. खतिवडाले प्रष्ट्याए ।