काठमाण्डौ । थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।
तीजको बिदाको दिन पनि नर्भिकले ओपीडी सेवा सञ्चालन गरेको थियो। अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिबार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन्।
मिश्रका अनुसार व्यस्त काठमाण्डौवासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। त्यसरी सञ्चालन गरिने ओपीडीमा कुन–कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउनेसमेत उनले बताए।
यसैगरी नर्भिक अस्पतालले ओपीडीको सन्ध्याकालीन सेवासमेत सञ्चालन गरिरहेको छ। यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए।
दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो।
यसैबीच नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छुटसम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ। नर्भिकले अन्तर्राष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो। यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ। यो अफर यो सातासम्म जारी रहनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19