 
                     
                                
                             
                                    काठमाण्डौ । अब सरकारी प्रयोगशालाहरुले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतको शुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने भएका छन्।
नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोश्वर गौतमले सरकारी प्रयोगशालाहरुलाई कुल क्षमताको ५० प्रतिशतसम्म मापदण्डमा नपरेका व्यक्तिहरुको सशुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने गरी निर्णय गरिएको जानकारी दिएका हुन्। उदाहरणका लागि यदि एउटा सरकारी प्रयोगशालाको दैनिक परीक्षण क्षमता १०० जनाको रहेको छ भने उसले शुल्क लिएर ५० जनाको पीसीआर परीक्षण गर्न पाउने भएको छ।
यसअघि सरकारी प्रयोगशालाहरुले क्षमताको २५ प्रतिशतको मात्र सशुल्क पीसीआर परीक्षण गर्न पाउने भनिएको थियो। अहिले देशभर ४० वटा सरकारी र ८ वटा निजी प्रयोगशालाहरुले पीसीआर परीक्षण गर्दै आएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19