काठमाण्डौ । अमेरिकाले नेपाललाई दिएको जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप १५ लाख ३० हजार डोज नेपाल आइपुगेको छ। खोप दुबईबाट कतार एयरवेजमार्फत सोमबार बिहान काठमाण्डौ आइपुगेको हो।
विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले ती खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे। उनले ती खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए।
जोन्सन एन्ड जोन्सन कम्पनीको यो खोपको एक डोज लगाए पुग्छ। कोभ्याक्समार्फत अमेरिकाबाट प्रारम्भिक सहयोगस्वरुप उक्त खोप प्राप्त भएको हो। यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदूत बेरीले बताए।
मन्त्री श्रेष्ठले अमेरिकी सरकारले उपहारस्वरुप दिएको खोप नेपाली नागरिकको जीवनरक्षाका लागि बरदान सावित हुने बताए। यी खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको पनि उनले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago