काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुत बनाउने बताएका छन्। 

खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए। नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथांका अरुण निर्माण गर्न लागिएको उनले जानकारी दिए।‘अप्पर, अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ’, मन्त्री शर्माले भने। 

व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने शर्माले प्रतिबद्धता जनाए। अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो।

- RSS