काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २३ गते काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा वार्षिक साधारणसभा गर्ने भएको हो ।
साधारणसभामा मुख्य अजेन्डाका रुपमा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशले प्रवेश पाउने छ । गत वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सभामा छलफल भई अनुमोदन हुनेछ ।
सभामा बोनस सेयर वितरणपश्च कम्पनीको पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरिएबमोजिम आवश्यक थपघट गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
साधारणसभा र बोनस सेयर प्रयोजनार्थ कम्पनीले पुस १० एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलबमा बोनस सेयर पाउन र साधारणभा भाग लिन योग्य हुन पुस ९ गतेसम्म कम्पनीको सेयरधनी कायम भइसक्नुपर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19