काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आज मंगलबार अरुण भ्यालीलाई १ः.०.५ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब अरुण भ्यालीले रु. १०० अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। 

यो हकप्रद कुल ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँबराबरको हुनेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।