काठमाण्डौ । ठूला जलविद्युत योजनाहरुको संचालन व्यवस्थित ढंगले गर्ने हो भने लगानीको समस्या नरहेको पछिल्लो समय खुलेका आइपीओमा देखिएको सर्वसाधारणहरुको अचाक्ली भीडले देखाएको छ ।
अरुण काबेली पावर लिमीटेडले २५ मेगावाटको आयोजनाका लागि खुलाएको ३० लाख कित्ता आइपीओप्रति देखिएको आकर्षणले समेत यही कुरा देखाउँछ । यो कम्पनीको ३० करोड रुपैयाँ बराबरको आइपीओमा दोश्रो दिन(बुधबार)मै माग भन्दा करिब १० गुणा बढी आवेदन परेको छ ।
एकसय रुपैयाँ प्रति कित्ता अंकित मूल्यको आइपीओमा ४१ हजार आवेदकबाट कुल २ अर्ब ६३ करोड बढीको आवेदन परेको हो ।
आइपीओका लागि कात्तिक १२ गतेसम्म सर्वसाधारणले आवेदन दिनेछन् । तेश्रो दिन बिहीबार र अन्तिम दिन शुक्रबार समेत बाँकी रहेको र यी दुई दिनमा अझ बढी आवेदन पर्ने भएकोले अरुण काबेलीको आइपीओले रेकर्ड ब्रेक गर्ने संकेत देखिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका एक अधिकारीले जानकारी दिए ।
इच्छुक लगानीकर्ताले १ सय रुपैयाँ अंकित मूल्यमा न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।
इक्रा नेपालले अरुण काबेलीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ ।
सिद्धार्थ क्यापिटलका अनुसार कुल निश्कासनहुनेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा भएर बग्ने कावेली नदीमा २५ मेगावाटको कावेली बी–१ परियोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट १६ करोड रुपैयाँका दरले चार अर्ब रुपैयाँमा निर्माण पूरा गर्ने कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।
आर्थिक बर्ष २०७३/७४ मा यो परियोजना सक्ने लक्षका साथ नेपाल बिद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरिएको छ ।
आइपिओ बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा त्यसपछि संस्थापक समूहको ७०, आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीका एक अधिकारीका अनुसार आयोजना निर्माणकै क्रममा रहेको हुँदा प्रतिफलका लागि भने लगानीकर्ताले केही समय कुर्नु पर्ने हुन्छ ।
कहाँ–कहाँबाट दिने आवेदन ?
अरुण काबेलीको आइपीओका लागि सिद्धार्थ क्यापिटलको कार्यालय, थापाथलीको ट्रेड टावर स्थित अरुण कावेलीको कार्यालय र सिद्धार्थ बैंकका सबै शाखाबाट आवेदन भर्न सकिन्छ ।
१) सिद्धार्थ क्यापिटल लिमीटेड, सम्पर्क व्यक्ति-सविन बुढाथोकी, सम्पर्क : ०१-४२२६७९३
२) अरुण काबेली पावर लिमीटेड, टेड टावर नेपाल, थापाथली काठमाण्डौ । सम्पर्क व्यक्ति-सिर्जना खड्का, सम्पर्क फोन : ०१-५१११०८५
३) सिद्धार्थ बैंकका उपत्यकाभित्र र बाहिरका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति-विञ्जल श्रेष्ठ । सम्पर्क फोन : ०१-४४४२९१९, ४४४२९२०
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago