काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडसँग रहेको अरुण काबेली पावर कम्पनी लिमिटेडको सेयर बिक्री गरिने भएको छ। 

अरुण भ्यालीले कम्पनीसँग रहेको अरुण काबेलीको २२ लाख ३२ हजार ५७० कित्ता सेयर बिक्री गर्ने भएको हो। कम्पनी तथा कम्पनीका सेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राख्दै कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताका आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सेयर विक्री गर्न लागेको स्पष्ट पारेको छ।