काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली पावरलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो। 

अब यो कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

अरुण काबेली पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।