काठमाण्डौ । अरुण काबेली पावरले आज भदौ ११ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको छ। 

कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको छ। 

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। हकप्रदमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालयबाट आवेदन दिन सकिनेछ।

यो हकप्रदको निष्कासन बन्द भदौ ३१ गते बैंकिङपछि हुने कम्पनीले जनाएको छ। 

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत असार २५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ असार २४ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन्। 

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।

अरुण काबेली पावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।