काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको २० लाख बढी कित्ता सेयर बिक्रीमा आउने भएको छ। 

कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गरेको थियो। यो अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउने भएकभो हो। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। त्यसमध्ये १ करोड ६५ लाख ३७ हजार २८८ कित्ताका लागि मात्र आवेदन परेको हो। 

यो हकप्रद सेयरको बाँडफाँट गत असोज १९ गते गरिएको थियो।