काठमाण्डौ ।अर्किड होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले मंसिर १३ गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कितात सेयर निष्कासन अनुमति माग गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।

धितोपत्र निष्कासन तथा बिक्री  प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

कम्पनीले काठमाण्डौमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा गरिरहेको छ ।