काठमाण्डौ । बजारमा आइपीओको बाढी आएको छ । दिनैपिच्छे नयाँ नयाँ कम्पनीले आइपीओको प्रस्ताव ल्याइरहेका छन् । यही मेसोमा शुुभम पावर लिमीटेडले समेत ६ लाख कित्ता आइपीओ निश्कासनको प्रक्रियालाइ अगाडि बढाएको छ । 

यही क्रममा यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फाइभको रेटिंग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था निकै धराशायी रहेको बुुझ्न सकिन्छ । सबैभन्दा झूर कम्पनीलाई दिइने रेटिंग ग्रेड फाइभ हो । सबैभन्दा राम्रो कम्पनीलाई दिइने रेटिंग ग्रेड वान हो । 

शुुभम् पावरले ४ लाख कित्ता सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुचल फण्डहरुका लागि तथा २ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ गर्ने प्रस्ताव गरेको छ । 

शुुभम पावर लिमीटेडले संखुवासभा जिल्लामा ९९० किलोवाटको तल्लो पिलुुवाखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । रिभर फल्स पावर लिमीटेड र न्याग्दी ग्रुप पावर यो कम्पनीको मेजर प्रोमोटरहरु हुन् । 

इक्रा नेपालका अनुसार यो कम्पनीको आधारभूत पक्ष नै निकै धरासायी छ । यो कम्पनी २०७३ चैतसम्ममा ३ करोड २० लाख घाटामा छ । पूर्ण क्षमता भन्दा ५० प्रतिशतसम्म पनि बिजुली उत्पादन गर्न नसकेका कारण यसको समग्र बित्तीय अवस्था झनै डामाडोल छ । १ हजार किलोवाट भन्दा कम क्षमताको आयोजनालाई सरकारले कर छुट, रोयल्टी पेमेन्टमा सुविधा लगायतका थुप्रै सुविधा दिंदा समेत यो कम्पनी बलियो बन्न सकेको छैन । व्यवस्थापन तह समेत निकै लथालिंग अवस्थामा रहेको छ । 

यहीकारण, निकट भविष्यमा जारी हुन लागेको यो कम्पनीको आइपीओमा विचार गरेर मात्र लगानी गर्नु उत्तम हुन्छ । नत्र, आइपीओ मात्रै भनेर हल्लाको पछि कुदी बुुझ्दै नबुुझी पैसा हाले तपाईको जहाज डूूब्ने निश्चित छ ।