काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकबाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ।
तर लामो समयसम्म क्वारेन्टाइनमै बस्नुपर्ने र कोरोना परीक्षण रिपोर्टमा हुने ढिलाइले क्वारेन्टाइनहरुमा विभिन्न घटना हुन थालेका छन्। सामान्यतया क्वारेन्टाइनमा १४ दिनसम्म राख्नुपर्ने हो। तर कोरोना परीक्षणमै हुने ढिलाइ अनि परीक्षण भए पनि रिपोर्ट आउन समय लाग्दा लामो समयसम्म क्वारेन्टाइनमै राखिँदा मानिसमा निराशा जाग्न थालेका छन्।
यही निराशाको पछिल्लो परिणाम हुन सक्छ, अर्घाखाँचीको क्वारेन्टाइनमा एक पुरुषले गरेको आत्महत्याको घटना।
घटना विवरणअनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनास्थित हरि माविको क्वारेन्टाइनमा मंगलबार साँझ ४४ वर्षीय एक पुरुष आत्महत्या गरे। उनीसँगै क्वारेन्टाइनमा बसेका र प्रशासनका अधिकारीहरु पनि कोरोना परीक्षण रिपोर्टमा भएको ढिलाइले लामो समयसम्म क्वारेन्टाइनमा बस्नुपर्ने कारणबाट उत्पन्न नैराष्यताको परिणाम हुन सक्ने आँकलन गर्छ।
भारतको पञ्जाबाट फर्केका ती व्यक्ति क्वारेन्टाइनमा बसेको २५ दिन भइसकेको थियो। कोरोना रिपोर्टमा भएको ढिलाइले परिवारसँग लामो समयसम्म टाढा रहँदै क्वारेन्टाइनमै बस्दा उनमा केही दिनयता निराशा देखिएको सँगै बसेकाहरु बताउँछन्।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल पनि यस विषयमा सहमत छन्। ‘हप्तादिनसम्म कोरोना परीक्षणको रिपोर्ट आउँदैन, क्वारेन्टाइनमा लामो समयसम्म बस्दा मानिसमा नकारात्मक कुराहरुको विकास भइरहेको छ’, उनी भन्छन्, ‘सायद यसैको परिणाम हुन सक्छ यो घटना।’
ती व्यक्तिको गत जेठ २४ गते गरिएको आरडीडी परीक्षण नतिजा पोजेटिभआएको थियो। भोलिपल्टै उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। ‘तर परीक्षणका लागि भैरवाहस्थित प्रादेशिक प्रयोगशालामा पठाएको पनि १ साता भइसक्यो, नतिजा आएको छैन’, प्रजिअ पौडेल भन्छन्।
विद्यालयमा बनाइएको क्वारेन्टाइनको एउटा कोठामा ती व्यक्तिसहित ३ जना राखिएको थियो। राति सबैजना निद्रामा परेपछि उनले नजिकको रुखमा गएर पासो लगाएर आत्महत्या गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago