– अनन्त्य सुन्दर
काठमाण्डौ । अर्थ समितिका सभापति तथा सांसद कृष्णप्रसाद दाहालले आज प्रतिनिधिसभा बैठकमा कारोबार एक अर्बमा सीमित भएको बेलामा कमिसनको खेलमा सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको बताएका छन्।
दाहालले कमिसनको खेलमा लागेर नयाँ स्टक ल्याउने हो भने पुँजीबजारको विकास र उन्नतिमा बाधा पर्ने बताए। नयाँ स्टक एक्सचेन्जको अहिले आवश्यकता नभएको विषय उजागर गर्दै अहिले भएको स्टक एक्सचेन्ज अर्थात् नेप्सेलाई नै सुदृढ र आधुनिकीकरण गर्नु पर्ने दाहालले बताए।
बैठकमा दाहालले सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको हो भने रोक्नसमेत आग्रह गरे। नयाँ स्टक एक्सचेन्ज ल्याउन लबिस्ट दीपक भट्ट र शंकर ग्रुपको कमिसन डिलबारे समाचार बिजशाला यसअघि नै प्रकाशित भइसकेको छ।
‘अहिले सञ्चालनमा एउटा स्टक एक्सचेन्ज (नेप्से) मा मुस्किलले १ अर्बको कारोबार हुन थालेको छ। कुनै बेला २२ अर्बसम्मको कारोबार भएको थियो। त्यस्तो अवस्थामा नयाँ ल्याउनु भनेको कमिसनको खेल नभए के हो?’, बिजशालासँगको कुराकानीमा दाहालले ‘अन्य मुलुकमा भएका स्टक एक्सचेन्जहरु अहिले मर्जतिर जाने कुरा गर्दै छन्। हाम्रोजस्तो सानो अर्थतन्त्र भएको ठाउँमा चाहिँ हामी अर्को स्टक एक्सचेन्ज खोल्ने कुरा गर्दैछौँ। त्यसैले नयाँ स्टक एक्सचेन्जको नाममा अहिले कमिसनको खेल हुँदैछ।’
गलत मनसायले नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याइन्छ भने सरकारले त्यस्तो गतिविधि रोक्नुपर्ने दाहालले बताए। ‘त्यसो हुन गएमा मेरो निरन्तर खबरदारी हुनेछ’, उनले भने।
अहिले नयाँ स्टक एक्सचेन्जमा निजी क्षेत्रले पनि लगानी गर्न पाउने गरी नियमावली पनि संशोधन भइसकेको दाहालले उल्लेख गरे। ‘अर्को स्टक एक्सचेन्ज दर्ता गर्ने अनि अहिले भएको नेप्सेको अर्बौंको सम्पत्तिलाई कौडीको मूल्यमा नयाँसँग मर्ज गर्ने नीति लिएको देखिन्छ’, दाहालले भने।
अहिले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएर डेरिभेटिभ साथै कमोडिटिज मार्केटको आवश्यकता रहेको दाहालले बताए। ‘कारोबारमा विविधीकरण भएमा मात्र अर्थतन्त्र चलायमान हुन्छ’, उनले भने, ‘तर सबैको भने कमिसन आउने ठाउँमा मात्र ध्यान छ।’
अर्थ समितिले बुझाएको प्रतिवेदनको मर्मविपरीत नयाँ ब्रोकर लाइसेन्सको मस्यौदा ल्याएकोमा समेत सभापति दाहालले आपत्ति जनाए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19