काठमाण्डौ । बजार विश्लेषक अम्बिका प्रसाद पौडेलले असल र खराब कम्पनीको छनौट गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।
दिनप्रतिदिन बजार घट्दै गइरहेको अवस्थामा बुधबार उनले सामाजिक सञ्जालमार्फत् असल र खराब कम्पनीको छनौट गर्न सकेमा विभिन्न बहानामा थापेका पासोमा नपारिने बताएका छन् । उनले आजैदेखि असल र खराब कम्पनीको छनौट गर्न पनि आग्रह गरेका हुन् ।
पूँजीबजारमा कसले के गर्यो, के हुनु पर्थ्यो भन्ने कुरा भन्दा पनि मैले के गरेको छु भन्ने विषयमा बढी केन्द्रित हुन उनले सर्वसाधकारण लगानीकर्तालाई आग्रह गरेका छन्। खराब कम्पनीले प्रिमियम पायो, राईट पायो, आईपीओ पायो भनि रहनु भन्दा खराब कम्पनीमा किन हामीले लगानी गर्दैछौं भन्नेतर्फ विचार गर्न पनि उनले आग्रह गरेका छन्।
उदाहरणको रुपमा उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘तपाईंलाई नुहाउनको लागि दुई वटा धाराको व्यवस्था गरीएको छ। एउटा सफा पानीको आर्को ढलको। तपाईं सफा पानी र ढलको पानीको धारा छुट्याउन सक्नु हुन्न भने नुहाएर सफा हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु होस्। फोहोर पानीले नुहाउने अनि लुतो खटिरा आए भनेर आर्कोलाई गाली गर्ने काम नगर्नु होस्।’
दोस्रो बजारमा लगानी गर्दै गर्दा कम्पनीको अनि शेयर बजारको आधारभूत विषयको जानकारी राख्ने गर्न पनि उनले भनेका छन्।
आधारभुत जानकारी सहितको शेयर बजार सुन्दर रहेको भन्दै उनले जानकारी बिनाको शेयर बजार निकै पीडा दायक रहने पनि उल्लेख गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago