काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले बृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
अस्पतालले आगामी असोज १ गते शनिबारका दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ।
अस्पतालका अनुसार शिविरमा ईसीजी, सुगर, भाइटल्सलगायतका निःशुल्क परामर्श सेवासमेत उपलब्ध हुनेछ।
अस्पतालले बृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्थासमेत गरेको छ। त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19