काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले यही असोज २५ गतेदेखि एफपीओ बिक्री खुला गर्ने भएको छ।
संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ बिक्री खुला गर्न लागेको हो। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गर्नेछ।
मिर्मिरे लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
यो एफपीओको निष्कासन बन्द छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गते बैंकिङ समयपछि हुनेछ।
मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago