पोखरा । अर्थमन्त्री डा युवराज खतिवडाले अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । मन्त्री खतिवडाले अहिलेको कर प्रणाली 'नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भए' जस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने उल्लेख गरे ।

कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५ औँ वार्षिक अधिवेशनमा मन्त्री खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए । खतिवडाले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गरे ।

मन्त्री खतिवडाले उत्पादनमा जोड दिई पूँजी बजारको विकासलाई प्राथमिकता दिएको र लगानीको क्षेत्र पहिचान गरिरहेको बताए । काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि रु ४० अर्ब बजेट छुट्टयाएको उल्लेख गर्दै उनले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको देखिएकोले आत्तिनुपर्ने अवस्था नरहेको प्रस्ट पारे।

मन्त्री खतिवडाले  पारदर्शी, स्वच्छ र सदाचारी व्यवसायी बन्न आफैँबाट शुरु गरे भ्रष्टाचार निर्मूल हुने बताए । अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै मन्त्री खतिवडाले कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने उल्लेख गरे।

आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशान कायम गर्नुपर्ने भन्दै सरकार यस विषयमा सजग भएको खतिवडाको धारणा थियो ।