काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले पहिलो चरणमा जारी गरेको आईपीओमा आज शुक्रबार साँझसम्म २.६१ गुणा बढी आवेदन परेको छ।
कम्पनीले पहिलो चरणमा कुल ६० लाख कित्ता आईपीओ जारी गरेको छ। जसमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको छ।
आज साँझसम्म यो आईपीओमा ७५ हजार २६८ आवेदकबाट १ करोड ५७ लाख १ हजार २६४ कित्ताका लागि आवेदन परेको हो। जुन मागभन्दा २.६१ गुणा बढी हो।
आजसम्म आस्बा सेवाबाट ३२ हजार ३४७ आवेदकबाट ६८ लाख ९ हजार ६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। त्यस्तै संकलन केन्द्रबाट ४२ हजार ९२१ आवेदकबाट ८७ लाख ९२ हजार २०४ कित्ता सेयर खरिदका लागि आवेदन परेको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ।
यसअघि यो आईपीओको निष्कासन छिटोमा साउन १७ गतेसम्म बन्द हुने भनिएको थियो। तर आयोजना प्रभावितबाट मागअनुसारको आवेदन नपरेका कारण यही साउन ३२ गतेसम्म आवेदन दिने म्याद थप गरिएको छ।
स्थानीयका लागि खुलाइएको आईपीओमा आवेदन दिन सिन्धुपाल्चोक जिल्लामा ३२ वटा र काठमाण्डौमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसैगरी लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, ईसेवा र आईएमई पेबाट पनि आवेदन दिन सक्छन्।
कम्पनीले दोस्रो चरणमा पुँजी रु. ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको र बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ।
यो आईपीओको सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19