काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ तेस्रो दिन शुक्रबारसम्म ३०.६४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
यो कम्पनीले गत भदौ ९ गतेबाट रु. ८ करोडको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।
कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज दिउँसो साढे १ बजेसम्म यो आईपीओमा १७ लाख १८ हजार ६६३ आवेदकबाट २ करोड २८ लाख २ हजार १५० कित्ता खरिद आवेदन परेको छ। जुन मागभन्दा ३०.६४ गुणाले बढी हो।
तेह्रथुम पावरको आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। यस अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ।
कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ।
यो कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुंगा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। इक्रा नेपालले यो कम्पनीको आईपीओलाई ग्रेड फोर प्लसको रेटिङ दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19