काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना संस्थापक र आयोजना प्रभावित स्थानीय सेयरधनीहरुलाई आफ्नो सेयर अभौतिकरण गर्न आग्रह गरेको छ। 

कम्पनीले एक सूचना जारी गर्दै आयोजना प्रभावि स्थानीयका लागि निष्कासन गरिएको साधारण सेयर र संस्थापक सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार सुरु भइसकेको भन्दै यस्तो आग्रह गरेको हो। 

आफ्नो सेयर अभौतिकरण नगरेका संस्थापक र आयोजना प्रभावित स्थानीयले काठमाण्डौको सुन्धारास्थित सिभिल क्यापिटल मार्केटबाट सेयर सर्टिफिकेट लिई आफ्नो निक्षेप सदस्य (पीपी) सम्पर्क गरी डीआरएनमार्फत सहज तरिकाबाट अभौतिकरण गर्न कम्पनीले आग्रह गरेको छ।