काठमाण्डौ । लोवर इर्खुवा हाइड्रोपावरले निष्कासन गर्न लागेको आईपीओको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ ।

मंगलबार क्यापिटल र कम्पनी बीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।उक्त सम्झौतामा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १००रुपैयाँका दरले कुल २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको कुल २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर निष्कानस गर्ने छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्तापूँजी २१ करोड रुपैयाँ छ ।

उक्त क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको  बताएको छ ।