काठमाण्डौ । घलेम्दी हाइड्रोको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा आइतबार काठमाण्डौमा सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

त्यसैगरी, सभाले लेखापरीक्षण प्रतिवेदनसहितका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षकको नियुक्ति गर्नुका साथै निजको पारिश्रमिकपनि निर्धारण गरेको छ ।
 

कम्पनीले १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी बाँडफाँतसमेत गरिसकेको छ।

कम्पनीले हकप्रद सेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने पनि बताएको छ ।

आगामी आर्थिक वर्षमा लगानीकताईलाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको पनि कम्पनीले बताएको छ।