काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ । 

कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । एफपीओ जारी गर्ने विशेष प्रस्ताव कम्पनीको हालै सम्पन्न साधारण सभाबाट पारित भएको हो । 

कम्पनीले अब प्रति शेयर १०० रुपैयाँ अंकित दरमा प्रिमियम थपेर १ करोड कित्ता थप सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले विभिन्न आयोजनाहरुमा लगानी जुटाउनका लागि एफपीओ जारी गर्न लागेको हो । 

एफपीओ निष्कासनका लागि कम्पनीको हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँलाई वृद्धि गरी ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ पुर्याउने प्रस्वात समेत साधारण सभाबाट पारित भएको छ । 

कम्पनीले यसअघि २०७४ माघ १५ गते अंकित मूल्य १०० मा प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो ।