काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ ।
कम्पनीले गत गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म निष्कासन गरेको २०० प्रतिशत(१ः२) हकप्रदमध्ये आवेदन नपरेको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो ।
सेयर खरिदका लागि माघ ९ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएकाले लगानीकर्ताले सो मूल्यभन्दा बढी रकम अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन ।
लगानीकर्ताले नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी विर्तामोड बाग्लुङ,घोराही दाङ,महेन्द्रनगर बेनी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा आवेदन पेश गर्नुपर्नेछ ।
यो लिलामी सेयरको बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
इच्छुक लगानीकर्ताले माघ २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago