काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले ‘बी माइनस’ रेटिङ प्राप्त गरेको छ। यसले यो कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न चुक्नेसम्बन्धमा उच्च जोखिम रहेको मानिन्छ। 

इक्रा नेपालले आँखुखोला जलविद्युतलाई (इक्राएनपी–आईआर) बीमा माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । इक्राका अनुसार यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्नेसम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले प्रस्ट पारेको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।