काठमाण्डौ । आँखु खोला हाइड्रो पावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गरी कुल २० करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डले बुधबार १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो । कम्पनीले चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने आइपीओ निश्कासन गर्न लागेको हो । 

बोर्डका अनुसार आँखु खोलाले धादिङका आयोजना प्रभावितलाई चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ८ करोड बराबरको ८ लाख कित्ता तथा सर्वसाधारणलाई १५ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ जारी गर्नेछ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिट लिमीटेड रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । आइपओिपछि बढेर ८० करोडको उचाईमा पुग्नेछ ।