काठमाण्डौ । आँखु खोला हाइड्रो पावर कम्पनीले आज(साउन १७ गते)देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको छ ।
यो कम्पनीकाले आफ्नो चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको आइपीओ आयोजनास्थल धादिङबासीलाई निश्कासन गरेको हो । स्थानीयले शेयर खरिद गरेमा शेयर बाँडफाँट भएको मितिले ३ बर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैनन् ।
आइपीओमा छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ १५ गतेभित्रसम्म आवेदन दिइसक्नुपर्नेछ ।
आँखु खोला हाइड्रोलाई धितोपत्र बोर्डले असार २७ गते सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो ।
यही क्रममा पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर बिक्री खुलाएको हो । त्यसपछि कम्पनीले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ । स्थानीयले समेत सबै सेयर नकिने बाँकी रहेको सेयर समेत सर्वसाधारण लगानीकर्ताका लागि नै निश्कासन गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । आइपीओपछि बढेर ८० करोडको उचाईमा पुग्नेछ ।
इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमीटेडको आइपीओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।
यस कम्पनीबाट प्रवद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत २४२.७३ करोड रहेको छ । आयोजना निर्माण सम्पन्न भई मिति २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ ।
कम्पनीबाट निर्माण सम्पन्न भई संचालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको छ । आयोजनाबाट उत्पादित वार्षिक ४६ गिगावाट विद्यूत शक्ति नेपाल प्राधिकरणको केन्दीय प्रसारण लाइनमा समावेश गरिएको छ ।
कम्पनीले आइपीओबाट संकलित रकम आँखुखोला १ जलविद्युत आयोजना निर्माण गर्ने क्रममा लिएको सहवित्तियकरण कर्जा आंशिक रुपमा भुक्तानीमा प्रयोग गर्ने प्रष्ट्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago