काठमाण्डौ । आँखु खोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड कात्तिक ७ गते(आज) हुन सकेन । सेयरको निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलस्थित स्रोतका अनुसार केही प्राविधिक कारणले सेयरको बाँडफाँड कात्तिक ७ गते हुन नसकेको हो ।
कम्पनीका अनुसार प्रिअलोटमेन्ट मोडल तयारीमा केही ढिलाई हुँदा पूर्व निर्धारित कात्तिक ७ गतेको समय केही दिनका लागि सरेको हो ।
सिभिल क्यापिटलस्रोतका अनुसार प्रिअलोटमेन्ट मोड्यूलको बिषयमा धितोपत्र बोर्डलाई आज जानकारी गराइएको छ । त्यहाँबाट मोड्यूलको बिषयमा स्वीकृति आइसकेपछि छिटोमा शुक्रबार बिहान र ढिलोमा आइतबारसम्म आइपीओ बाँडफाँड गरिसक्ने क्यापिटल स्रोतले जनाएको छ ।
आँखुखोलाले सर्वसाधारणका लागि असोज २३ देखि २६ गतेसम्म १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गरेको थियो । देशभरबाट ८५ हजार ८ सय ८० आवेदकले ५९ लाख ३६ हजार कित्ता खरीदका लागि आवेदन दिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago