काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ। अब भोलि मंगलबारबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
नेप्सेले आँधिखोला लघुवित्तको आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने रोक्का नै राखेको छ।
आँधिखोला र सिवाईसी लघुवित्त मर्जर प्रक्रियामा छन्। मर्जरको प्रारम्भिक सम्झौता गरेसँगै नेप्सेले आँधिखोला लघुवित्त सेयर कारोबार गत असार २३ गतेबाट रोक्का गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19