काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर(एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ ।
निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने घोषणा गरेको हो ।
अहिले पनि आइएफसीले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।
लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर बराबरको लगानी गरिने घोषणा गरे ।
उनले आफूहरु लगानी गर्न तयार रहेको भन्दै नेपालको निजी क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बन्न सुझाव दिए ।
नेपालको निजी क्षेत्रले समाजिक र पर्यावरणीय मानकलाई मान्नुपर्ने र योसँगे विदेशी पुँजी र विशेषज्ञतालाई पनि स्वागत गर्नुपर्ने सुझाव दिए ।
आईएफसीले विगत ५० वर्षदेखि नेपालमा लगानी गर्दै आएको छ ।
नेपाल राष्ट्रबैंकले विदेशबाट ऋण भित्र्याउन पाउने गरी बाटो खोलिदिएपछि यो संस्थाबाट कतिपय बैंकले वैदेशिक ऋण नेपाल भित्र्याएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago