 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालकै पहिलो पब्लिक रेमिट्यान्स कम्पनी आइएमईले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
आइएमईले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा असार २९ गते निवेदन दिँदै आईपीओ निष्कासनको प्रक्रिया अगाडि हो। आइएमईले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेको छ।
सेबोनले अनुमति दिएमा आइएमईले १० करोड रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आईपीओ बिक्री गर्नेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
रेमिट्यान्स समाधान प्रदायकहरुमध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ। आइएमईले विश्वभर विश्वस्तरीय मनी ट्रान्सफर सेवाहरु प्रदान गर्दछ। आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका २०० भन्दा बढी देशबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19