काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २७ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। 

मर्जरसम्बन्धी निर्देशका, २०७९ बमोजिम यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यही वैशाख २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। 

मर्जर प्रक्रिया पूरा गरी यी दुवै कम्पनीले ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट भोलि वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्दैछन्। 

गत चैत ६ दुवै कम्पनीबीच मर्जरको अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। 

दुवै कम्पनीको गत चैत २२ गते बसेको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।