काठमाण्डौ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’का लागि सम्झौता भएको छ। 

सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ।

प्रयोगकर्तालाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिनेछ। यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ। 

दराज नेपाल र आइएमई पेबीच फागुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन्।

नेपाललगायत ४ विभिन्न दक्षिण एसियायी मुलुकहरुमा स्थित दराज एक सर्वप्रिय अनलाइन बजार हो। दराजले सदैव ग्राहकलाई सर्वोत्तम सपिङ एक्सिपरियन्स प्रदान गर्ने प्रयास गरेको छ। 

केवल एक एपमै ग्राहकले बच्चादेखि बूढाबूढीसम्मलाई हुने घरायसी समानदेखि लिएर लुगा–फाटा, मोबाइल फोन, ल्यापटप, मेक–अपको समानसम्म सबै किनमेल गर्न सक्छन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।