काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले गत फागुन २८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ जारी गर्ने अनुमति मागेको हो। कम्पनीले ३ अर्ब ३१ करोड २० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।
कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। जसमा कम्पनीले १७६ रुपैयाँ प्रिमियर रकम थप गरेको छ।
सेबोनले अनुमति दिएमा कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19