काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ अन्तिम दिनसम्म डेढ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको छ।
कम्पनीले गत असार २१ गतेदेखि सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असार २५ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।
कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति पाएको हो।
कम्पनीले पहिलो चरणमा कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो।
कुल कित्ताको ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ९६ लाख कित्ता सेयरमा भने सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो कम्पनीको आईपीओमा १२ लाख ९० हजार ७४१ आवेदकबाट कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.६४ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
यो आईपीओको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago