काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर आगामी आइतबारदेखि कारोबार हुने भएको छ ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लिबर्टी इनर्जी कम्पनीबीच सूचीकरण सम्झौता सम्पन्न भई दोस्रो बजारमा आगामी आइतबारबाट कारोबार हुने भएको हो ।

नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु. १००    देखि रु.३००  सम्म मूल्य रेन्ज प्रदान गरेको छ ।

अब आगामी आइतबार स्पेशल प्रिओपन सेसन(बिहान१०ः३० देखि १०ः४५ ) मा लिबर्टीको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय(११ देखि ३ बजे) मा कारोबार हुनेछ ।