काठमाण्डौ । सरकारले आगामी आइतबारदेखि विकास खर्चको भुक्तानी गर्न नपाउने भएको छ।
योसँगै चालु आर्थिक वर्ष २०७९/८० को बजेटको ५५ प्रतिशत विकास खर्च (पुँजीगत) फ्रिज हुने देखिएको छ। चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँमात्र खर्च गरेको देखिएको छ।
चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो। यो हिसाबले सरकारले कुल विनियोजित बजेटको ४४.७२ प्रतिशतमात्र खर्च गरेको देखिएको छ।
असार महिना लागेसँगै खर्च तथा भुक्तानीलाई तीव्रता दिएको सरकारले चालु आर्थिक वर्षको अन्तिम समयसम्म कुल पुँजीगत खर्चको ४५ प्रतिशत पनि खर्च गर्न सकेन।
सरकारले शुक्रबारमात्रै ४ अर्ब ९७ करोडमाथिको भुक्तानी गरेको छ। यस्तो भुक्तानी असार १ गतेयता २४ गतेसम्म कुल ३२ अर्ब २० करोड ८१ लाख रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago