काठमाण्डौ । कालिका पावर लिमीटेडले आज(माघ २१ गते)देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ करोड रुपैयाँ बराबरको  साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका  ६ लाख कित्ता सेयर आयोजना प्रभावित गोरखाको गोरखा नगरपालिका, सिरानचोक, सुलिकोट, अजिरकोट, भीमसेन गाउँपालिकाका बासिन्दाका लागि निश्कासन गरेको हो ।

माघ २१ गतेदेखि निश्कासन हुने आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले फागुन ६ गतेभित्र आवेदन दिन सक्नेछन् । यो अवधिमा माग जति आवेदन नपरे ढिलोमा फागुन २१ गतेभित्र आवेदन दिन सकिने बताइएको छ । 

माघ २१ गतेदेखि निश्कासन हुने आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले फागुन ६ गतेभित्र आवेदन दिन सक्नेछन् । यो अवधिमा माग जति आवेदन नपरे ढिलोमा फागुन २१ गतेभित्र आवेदन दिन सकिने बताइएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम काठमाण्डौ क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ । 

कालिका ग्रुप अन्तर्गतको यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि १२ करोड बराबरको आइपीओ निश्कासनको योजना बनाएको छ । 

यो कम्पनीले हालैदेखि ६ मेगावाट क्षमताको दरौदी 'ए' जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरेको थियो ।